पुर्वराजाको घोषणा: ‘सरकारको कोरोना उपचार कोषमा दुई करोड बुझाएका छौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् । कोरोनाले मानव समुदायमा त्रास र सभ्यतामाथि नै चुनौती दिएको पूर्वराजाको ठम्याइ छ । पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस