बिपद्को बेला ओली–दाहाल भेट : विपन्नलाई राहत दिने विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच ‘कोडिभ–१९’ को संक्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । छलफलमा उनीहरुबीच कोरोनाभाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा पनि कुराकानी भएको थियो । यस्तै, नेपाल र भारत दुवै मुलुकले ‘लकडाउन’ गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस