भाद्र १४, काठमाडौं । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्म छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ । भिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीलाई यही सेप्टेम्बर २ देखि २९ सम्म स्वदेश ल्याउने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्धार गर्ने छ ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।