निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ८, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस