शेयर बजार: २ अर्ब २३ करोडको कारोबार, सूचकाङ्क झण्डै ६ अङ्कले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ८, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ८,काठमाडौँ । नेप्से परिसूचक सूचकाङ्क बिहीबार झण्डै ६ अङ्कले बढेको छ । नेप्से ५ दशमलव ७४ अङ्कले बढेर १५ सय ६१ दशमलव २७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स र अन्य समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ७० दशमलव ८५ अङ्कले बढेको छ । विकास बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको उपसूचक भने घटेका छन् ।

बिहीबार दिनभर दुई अर्ब २३ करोड ३४ लाख रुपैयाँभन्दा धेरैका झण्डै ९० लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बिहीबार अपि पावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलगायत विभिन्न १६ कम्पनीका शेयर लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । सिटिजन म्युचल फण्ड–१ का शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै २ दशमलव १२ प्रतिशतले गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस