जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आजदेखि बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ११, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ११,काठमाडौँ । जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ९ ४ प्रतिशत० सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता ९५ प्रतिशत) म्युचुअल फण्डका लागि छुटयाइएको छ ।

बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस