असोज १४,काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको मूल्य ९४ हजार ७०० कायम गरिएको छ । मंगलबार ९४ हजार २०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ५०० बढेर ९४ हजार २०० पुगेको छ। मंगलबार ९३ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर एक हजार १९० तोकिएको छ ।