सुनको भाउ ओरालो लाग्यो, यस्तो छ तोकिएको मूल्य !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाण्डौ । बिहीबार सुनको भाउ ओरालो लागेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।यसैगरी, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको भाउ बढेर प्रतितोला एक हजार १९० रुपैयाँ पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिअउन्स एक हजार ८९२ डलरमा कारोबार भइरहेको छ । चाँदी पनि सो बजारमा आज प्रति अउन्स २३ डलर भन्दा बढिमा किनबेच हुँदैछ । अघिल्लो दिनको तुलनामा यसदिन सुन तथा चाँदीको भाउमा वृद्धि भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस