असोज २१ गतेबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १५,काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले यही असोज २१ गतेबाट आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओमा असोज २१ गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सकिने र न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस