ढोरपाटनका बाढी पिडितको लागी प्रभु बैंकद्धारा पाँच लाख आर्थिक सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

असोज १५,बाग्लुङ । बिहिबार बाग्लुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतले बिशेष निरिक्षण गरेका छन् ।

उक्त अवसरमा बाढी प्रभावित बोबाङ्ग वडा अन्तर्गतका स्थानियसंग मन्त्रीद्धयले प्रत्यक्ष भेटघाट गरेका थिए । स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने मन्त्रीद्धयले बताएका छन् । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले नगरपालिकालाई वाढी पिडित उद्वार कोषमा रहने गरी रु पाँच लाख सहयोग प्रदान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस