सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । यसैबीच आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला एक लाख २० हजार दुईसयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस