सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस