नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ २, काठमाण्डौँ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूको अध्यक्षतामा बैंकको ६४ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९÷८० को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ ।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू श्री प्रदिप कुमार श्रेष्ठ, श्री मधुविर पाण्डे र श्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।

………………………….

ताजा अपडेट

खोजी गर्नुहोस