महराको फैसला आज, के होला उनको भविष्य ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस आईतबार सकिएपछि सोमबारको ईजलासले फैसला गर्दैछ । जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने निर्णय भएको थियो । अदालत स्रोतका अनुसार अध्ययन गर्न समय अभाव भएकाले फैसाला सोमबारलाई सारिएको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका महरा असोज १९ गते पक्राउ परेका थिए ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गर्नेछ । यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ । उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटाले बहस गरिरहेका छन् । यसकारण पनि महराले सफाई पाउनेमा धेरैले अड्कलबाजी मारेका छन् ।

के होला उनको भविष्य ?
महरामाथी आज हुने फैसलाले कि त उनी ३ देखी ५ बर्ष कारागार चलान हुनेछन कि त साधारण तारिखमा रिहा हुनेछन् । यदी उनी दोषिसहित सजाय भोग्न परेको अवस्थामा उनको राजनितिक भविष्य सकिने निश्चित रहेको जानकारहरु बताउछन । उनलाई करणी उद्योगमा अधिकतम ५ वर्ष कैद माग गरिएको छ भने सार्वजनिक पद धारण गरेको भएर त्यसको डेढी सजाय माग गरिएको हो । करणी उद्योगमा साढे ३ देखि ५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ। महरा निर्वतमान सभामुख, नेकपाको प्रभावशाली नेतासमेत रहेका महरा यसअघि सूचना तथा सञ्चार, अर्थ र परराष्ट्रमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

बलात्कार आरोप लागेपछि महराको राजनीतिक भविष्य सखाप भएको छ । अहिलेसम्म महराले बनाएको राजनीतिक व्यक्तित्व त भुकम्पले धरहरा ढलेझैँ गर्ल्यामगुर्लुम्मै ढलेको छ नै संगै उनको चरित्रमा पनि कालो धब्बा लागेको छ । यो धब्बा मेटाउन अब उनले कसैगरी पनि सक्दैनन् । माओवादीको सशस्त्र युद्धअघि नै सांसद, युद्धकालमा नेतृत्वदायी भूमिका, शान्तिवार्ताको भूमिका, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख । भद्र र शालिन व्यक्तित्व । उनको छवि यतिबेला सबै ध्वस्त भएको छ । हुन त नेपालमा विभिन्न मुद्धा खेपेर फैसलापछि राजनितिक जिनवमा सक्रिय भएका उदाहरण प्रशस्तै छन । तर उनिहरु राजनितिक यात्रामा विश्वासिलो भने भएको अवस्था छैन । जनता माझ अलोकप्रिय मात्रै उनिहरु राजनितिक सफलता हात पार्न समेत नसकेको तथ्यहरु रहेका छन ।

उनको अव सार्वजनिक सक्रियता समेत के का लागी भनेर प्रश्न गर्न सक्ने अवस्था रहेको छ । महरा अब राजनितिक यात्रामा सहज ढंगले लाग्नसमेत नैतिकताले दिदैन । यद्यपी आजको फैसालापछि उनको भावी जिवन कसरी बित्छ भन्ने संकेत भने प्रष्ट गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस