नेपाली भुमि फिर्ता ल्याउन सरकारको सक्रियता : कालपानीमा उपप्रधानमन्त्री पोख्रेल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा गएर फर्किएका छन् । दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् । उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारीलगायत सीमाक्षेत्र अनुगमनमा गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार, महोत्सव उद्घाटनका लागि दार्चुला पुगेका उपप्रधानमन्त्री पोखरेल आइतबार राति त्यहाँस्थित दुर्गा दल गणमा बसेका थिए । निर्धारित कार्यक्रमअन्तर्गत पोखरेल सोमबार बिहान ८ः१५ बजे व्यासक्षेत्रको अनुगमन निस्किएको पौडेलले बताए । व्यास क्षेत्रअन्तर्गत कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा छ । सरकारले कूटनीतिक प्रयासबाट नेपाल(भारतबीचको सीमा विवाद हल गर्ने बताए पनि ठोस प्रगति हुन सकेको छैन ।

यहीबीच, उच्चस्तरबाट यो क्षेत्रको अनुगमन भएको हो । दार्चुलाका प्रजिअ पौडेलका अनुसार, पोखरेलले सुरक्षा पोस्ट राख्ने स्थानबारे पनि जानकारी लिने कार्यक्रम छ । यसअघि मन्त्रिपरिषद्ले व्यासक्षेत्रको छाङ्मा सुरक्षा पोस्ट राख्ने निर्णय गरेको थियो । यद्यपि, अहिले यो क्षेत्रमा हिउ परेकाले हिउ निख्रिएपछि मात्रै राख्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस