स्वबियु निर्बाचनको टुङ्गो छैन, आरआर र रामपुरमा बिद्यार्थी संगठनबिच हानाहान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीच कुटाकुट भएको छ । पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच पटक पटक झडप भएको छ । झडपको पछिल्लो श्रृङ्खलाअन्तर्गत सोमबार पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले पूर्वएमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रडले हानेर घाइते बनाएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

यसैगरी काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । सोमबार बिहान भएको झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यसैगरी नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस