सभामुख सापकोटा र युएनडीपीका आवासीय प्रतिनिधिबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका आवासीय प्रतिनिधि बीच शीष्टाचार भेटवार्ता भएको छ । सभामुख सापकोटा र एशिसाइनी मेडागाङगोडा लेबेबीच सोमबार शीष्टाचार भेटवार्ता भएको हो ।

सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडीपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकोमा बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । सभामुख सापकोटाले नेपाल सन् १९५५ मा संयुक्तराष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै, संविधानसभा निर्वाचन र संघीय संसदलाई स्तरीकरण गर्न युएनडिपिले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस