अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख महराले के भने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ६, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ६, काठमाण्डौ । अदालतबाट सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महराले स्वाधिनताको रक्षा सधैं आफ्नो प्राथमिकता रहेको बताएका छन् । सोमबार रिहा भए पछि जारी वक्तव्यमा महराले भनेका छन् “एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहि रहनेछ ।” उनले वक्तव्यमा भने , “अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु ”

त्यस्तै वक्तव्यमा अगाडि भनिएको छ, “यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरू र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।” “ म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु। ”

ताजा अपडेट

खोजी गर्नुहोस