फाल्गुण ६, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि बन्द भएको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै पछि सरेको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमती पुस २० गते भएको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वा्चित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ । २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन ।