७०औँ प्रजातन्त्र दिवस : देशैभर विविध कार्यक्रम गरि मनाईंदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ७, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फाल्गुण ७, काठमाण्डौ । आज फागुन ७ गते ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस । जनताद्वारा जनताका लागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनिन्छ । एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको संझनामा मनाईने यो दिवस सबै नेपालीहरुको लागि खास छ । देशको निम्ति आफ्नो ज्यान बलिदानी गर्ने विर सहिदहरुको संझनामा गत माघ १६ गते सहिद दिवस मनाएका नेपालीहरुले प्रजातन्त्र दिवस प्राप्तिका लागि लडेका लडाई र वर्तमान समयमम्म आउँदा भएका उपलब्धिहरु स्मरण तथा समिक्षा गरी विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसकै अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

यसैबिच हरेक वर्ष प्रजातन्त्र दिवसका दिन काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिन्छ । प्रजातन्त्र प्राप्तिको लडाइमा शहीद भएका वीर सहिद धर्मभक्त माथेमा, दशरथ चन्द ,गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको शालिकमा सहिदगेटमा पुगी माल्यार्पण गरी टुँडिखेलमा विशेष कार्यक्रम गरीन्छ, यो दिन ।

उनिहरुलाई वि सं १९९७ सालमा तत्कालिन जहाँनिया राणा शासकले प्रजातान्त्रिक आन्दोलनमा लागेको भनेर मृत्युदण्ड दिएका थिए । प्रजातन्त्र दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । तर राज्य व्यवस्थाले नागरिकहरुबीचमा कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार भएतापनि अहिले पावर र पहुँचको भरमा केहि वर्गले कानून विपरीतका कामसमेत गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस