फाल्गुण ७, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ तथा फौजदारी कसूर कैद कट्टा नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरिएको हो ।