बुढीगण्डकी आयोजना : जनतालाई मुआब्जा बितरणमा अन्याय भयो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ७, बुधबार (५ साल अघि)
  • ४८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ७, धादिङ । धादिङ क्षेत्र नम्बर २ का सांसद खेम लोहनीले बुढीगण्डकी आयोजनाको मुआब्जा बितरणमा जनतालाई अन्याय भएको बताएका छन् । प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै सांसद लोहनीले बुढीगण्डकी प्रभावित क्षेत्रका मुख्य बजार खहरे बजार, आरुघाट बजारको मुआब्जा बितरण निकै कमभएको बताएका छन् । जनताले किनेको जग्गाको मुल्य मुआब्जा स्वरुप एक चौथाई पनि नपाएको उनको भनाई छ ।

“बुढीगण्डकी डुवानको मुआब्जा सरकारले निर्धारण गरिरहेको छ, त्यहाँको महत्वपूर्ण बजार, खहरे बजार, आरुघाट बजार, आर्खेत बजारको मुआब्जा निर्धारणमा बजार क्षेत्रको ज्यादै कमी भएको छ, सांसद लोहनीले भने -“जनताले आफुले किनेको मुल्यको एक चौथाई पनि पाएका छैनन्, उनले थपे राष्ट्रिय आयोजनाबाट जनतालाई पिडित बनाउने हैन जनतालाई खुसि बनाउने, जनतालाई खुसि बनाउनुपर्छ । ” उनले यस आयोजना प्रभावित क्षेत्रको मुआब्जा बितरणमा सबैलाई समान र उचित मुआब्जा निर्धारण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

धादिङ र गोर्खाको सिमानामा बन्न लागेको १२ सय मेगावाटको जलबिद्युत् आयोजनाको अहिले बिभिन्न क्षेत्रको मुआब्जा बितरणको काम चलिरहेको छ । यो आयोजना निर्माणका लागी नेपाल सरकार आफैँ लागी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस