राज्यमन्त्री मानन्धर भन्छन्-‘लकडाउनमा समस्या पर्यो भने हामीलाई सम्झनुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनको समयमा कसैलाई कुनै समस्या परे आफू सहयोग गर्न २४ सै घण्टा तयार रहेको रहेको बताएका छन् । कुनै अत्यावश्यक सहयोग चाहिए आफूलाई वा आफ्नो सचिवालयका सदस्यलाई फोन गर्न पनि उनले आग्रह गरेका छन् ।

मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई आफ्नो मोबाइल नम्वरमा सीधा फोन गर्न वा प्रमुख स्वकीय सचिव ओम राजवाहक र अर्का स्वकिय सचिव जयप्रकाश श्रेष्ठलाई सम्पर्क गर्न भनेका छन् । लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मन्त्री मानन्धरले जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताए । ‘

ताजा अपडेट

खोजी गर्नुहोस