बिपत्तको बेला अस्पतालको गेट बन्द गर्ने दुर्गा प्रसाईंलाई कारबाही गर : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • ८० पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । अनेरास्ववियुका नेता सुदेश पराजुलीले बी एन्ड सी अस्पताल र त्यसका संचालक दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमा एक बिचार सार्वजनिक गर्दै नेता पराजुलीले बिपत्तिमा सरकारको निर्देशन नमान्ने अस्पताललाई नियन्त्रणमा लिएर आफैंले संचालन गर्नुपर्ने बताए ।

पराजुलीले कोरोनाको महामारीको समयमा पनि गेट बन्द गर्ने गम्भिर बिरामीहरुका लागी थप त्यसमा पनि गम्भीर विरामी सानो बालकलाई हस्पिटलको गेटबाट नै फर्काईदिने यस्तो जगन्य अपराध गर्नेलाई कानुनी कठघरामा ल्याउनै पर्न उनको धारणा थियो । देश यस्तो गम्भीर महामारीको सामना गरिरहेको यो समयमा हिजो देखी नै लुट मच्चाउन तल्लीन जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने नेपालको संविधानलाई समेत पनि नमान्ने हस्पिटल र संचालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनको दाबी थियो ।
उनले फेसबुक मार्फत लेखेको स्टाटस :

#नेपाल_सरकारले_तुरुन्तै_कारबाही_गर्नु_पर्दछ ।-
यस्ता हस्पिटलहरुलाई राज्यले नियन्त्रण गरेर महामारी बिरुद्धमा जनताको पक्षमा संचालन गर्नु पर्दछ ।
#बढी_भन्दा_बढी_कारबाही_चाहि_बि_एण्ड_सि_हस्पिटल र त्यसका लगानी कर्ता /संचालक दुर्गा पर्साई ( #जो_ठुला_ठुला_नेताको_नाम_जोड्ने_सङै_खाना_खाएको_तस्बिर_हाल्ने ) लाई गर्नु पर्दछ, किन भने यस्तो समयमा पनि गेट बन्द गर्ने गम्भिर बिरामीहरुका लागी थप त्यसमा पनि गम्भीर विरामी सानो बालकलाई हस्पिटलको गेटबाट नै फर्काईदिने यस्तो जगन्य अपराध गर्नेलाई कानुनी कठघरामा ल्याउनै पर्दछ ।
देश यस्तो गम्भीर महामारीको सामना गरिरहेको यो समयमा हिजो देखी नै लुट मच्चाउन तलिन जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने नेपालको संविधानलाई समेत पनि नमान्ने हस्पिटल र संचालकलाई कारबाही गरौ नेपाल सरकार ।

 

ताजा अपडेट

खोजी गर्नुहोस