नारायणकाजी श्रेष्ठ भन्छन्-‘सीमानामा नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको बताएका छन् । उनले नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखद भएको उल्लेख गरेका हुन् ।

बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख गरेका छन् । उनले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने पनि बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस