‘भ्रष्टाचारमा जो सुकै भए पनि तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ’ : बरिष्ठ नेता पौडेल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिनको माग गरेका छन् । नेता पौडेलले शुक्रबार विहान सामाजिक सञ्‍जाल फेसबुक लाइभमार्फत भ्रष्टाचारमा जो सुकै भए पनि तत्काल छानबिन गरी कारबाहीको माग गरेका हुन् ।

उनले स्वास्थ्य सामग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए । उनले स्वास्थ्य सामग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जीमार्फत खरिद सम्भव नहुने बताउने तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा दुविधा बनाएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस