राष्ट्रपति भण्डारीद्धारा देशवासीको नाममा सम्बोधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको बताएकी छिन ।

देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताएकी छिन् । उनले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गरिन् । आफ्नै घरमा बसेर व्यक्ति व्यक्तिबीचको दूरी कायम गरे कोरोनासँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उनको भनाइ थियो ।

यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उनले बताइन् । कोरोना भाइरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभइ विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उहाँले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दावी गरिन् ।

उनले विभिन्न देशमा रहेका नेपालीलाई जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गरिन् । यस्तै नेपाललाई विभिन्न देशले प्रदान गरेको सहयोग र देखाएको तत्परताप्रति पनि उनले धन्यवाद दिइन् ।

सङ्क्रमित बिरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उनले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिइन् । डाक्टर, नर्स र समग्र स्वास्थ्यकर्मीको धैर्यताको उच्च सम्मान गर्दै उहाँले यो लडाईमा मानव जातीले छिट्टै जित्ने बताइन् ।

यो परिस्थितिमा राजनीतिक दल, उद्योग, व्यापारी, स्वायंसेवी लगायत संस्थाहरुलाई आफूले सकेको सहयोग गर्न पनि उनले आग्रह गरिन्।

ताजा अपडेट

खोजी गर्नुहोस