६ पूर्व प्रधानमन्त्रीलाई देउवाको प्रस्तावः कोरोनाविरुद्ध एक जुट बनौं

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २३, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्न सवै पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन् । आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोनमा वार्ता गरेको बताउँदै सभापति देउवाले संकटबाट नेपालाई जोगाउन एकताबद्ध भई गम्भीर ढंगलले कार्य गर्नुपर्ने अपिल गरेको ट्वीटमार्फत् बताएका छन् ।

देउवाले लेखेका छन् ‘लोकेन्द्रबहादुर चन्द, पुष्कमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ, आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एकताबद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु ।’

Sher Bahadur Deuba@DeubaSherbdr

पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l

आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l

ताजा अपडेट

खोजी गर्नुहोस