लकडाउन थप १ साता लम्ब्याउने तयारी, चार बजे बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौं । सोमवार दिउसो २ बजे बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । उपप्रधानमन्त्री इश्वर पाखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले अनलाईनकेन्द्रलाई दिएको जानकारी अनुसार दिँउसो २ बजे बैठक बस्ने भएको हो । उक्त बैठकले लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ ।

स्रोतका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी थियो । त्यस्तै त्यहि अनुसार सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।

यस अघि बिहीवार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने लगायतका निर्णयहरु गरेको थियो । हालसम्म नेपालमा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिवार एकैदिन ३ जनामा कोरोना संक्रमण देखिएसँगै थप बैशाख ३ गतेसम्म लकडाउन थपिन सकिने स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस