सुकुम्बासीलाई राहात बाड्न ब्यस्त सांसद महेश बस्नेत, वेवारिसे ब्यक्तिलाई समेत सहयोग !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

चैत्र २४, भक्तपुर । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल सरकारले १४ दिन अघि देखि गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारको समस्याको समाधानको निम्ती नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पछिल्लो दैनिकीहरु केन्द्रीत भएका छन् ।

भक्तपुरमा ज्याला मजदुरी गर्नेलाई मात्र नभई सडकमा रहेका वेवारिसे सडक मानवलाई समेत लकडाउनभर दैनिक एक छाक खाना खुवाउने कार्य समेत भइरहेको छ । जसमा सांसद बस्नेत संरक्षक रहेको मानविय आस्था नेपालले नेतृत्व गरिरहेको छ । मानविय आस्था जस्तै विभिन्न संघ संस्थाहरुले स्थानीय तहले समेत सहकार्यसमेत राहतको विभिन्न प्रकारका प्याकेजहरु सञ्चालन भइरहेका छन् । जस अन्तरगत आज मध्यपुर थिमी नगरपालिका वडा नं.१ स्थित सुकुम्बासी बस्तीमा ७५० घर परिवालाई राहत वितरण गरिएको छ । सरकारले तोकेको लकडाउनको उच्च समर्थन गर्दै गरिएको उक्त राहत वितरण कार्यक्रमलाई तीन बल्क गरी वितरण गरिएको छ । वितरण गरिएको राहतमा दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेललगायतका रहेका छन् ।

नेपाल उद्योग परिसंघको सहयोगमा मानविय आस्था नेपालको आयोजनामा भएको उक्त राहत वितरण कार्यक्रममा स्थानीयवासीले जनताको दुःख सुख बुझ्ने तथा जनताको सारथीको रुपमा सांसद बस्नेत भएको उल्लेख गर्दै उनले चालेका प्रत्येक कदममा सुकुम्वासी वस्तीले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पटक पटक उक्त बस्तीको समस्या समाधान, विभिन्न प्रकारका भौतिक तथा आर्थिक सहयोगको साथमा वस्तीको शिक्षा, स्वास्थ्य तथा विपद्को समयमा समेत सांसद बस्नेतको निरन्तर साथ बस्तीको लागि अतुलनीय रहेको त्यहाँका जनताले बताए ।

कार्यक्रममा सांसद बस्नेतले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने भक्तपुरका जो कोही मानिसलाई समस्या हुन नदिन आफु प्रयत्नशिल रहेको उल्लेख गर्दै सरकारले घोषणा गरेको लकडाउनलाई अक्षरस पालना गर्न आग्रह गरे । उनले कुनै समस्या भए तत्काल आफुलाई खब गर्न आग्रह गर्दै समस्या आए त्यसको समाधान गर्न सकिने बताए । त्यस्तै लकडाउन अझ बढ्दै गएमा पुनः उक्त स्थानमा राहत वितरण गर्न सकिने समेत बताए । सांसद बस्नेतको नेतृत्वमा भएको उक्त कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, विभिन्न सामाजिक संघसंस्थाका व्यक्ति, सामाजिक अभियान्तालगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस