संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौँ । संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । कोरोना भाइरस कोभिङ –१९ जोखिम न्यूनीकरणका लागि लकडाउन भएपछि चैत ७ गतेयता दुबै सदनका बैठक बस्न सकेका छैनन् । प्रतिनिधिसभा चैत ३० गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । भने, राष्ट्रियसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस भएको जानकारी दिनुभयो । सोमबार रातिबाटै अधिवेशन अन्त्य हुनेगरि सिफारिस गरिएको हो । कोरोना संक्रमण जोखिम बढेपछि फागुन अन्तिम सातादेखि नै अधिवेशन अन्त्यका लागि सांसदहरुले माग गर्दै आएका थिए । संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार रातिबाटै अन्त्य हुनेगरि जानकारी प्राप्त भएको बताउनुभयो । योगीले भन्नुभयो, ‘सोमबारदेखि नै अन्त्य हुने जानकारी हामीले पाएका छौँ । आजै सूचना पाटीबाट हामी जानकारी दिन्छौँ ।’

नियमावलीको व्यवस्था अनुसार अधिवेशनको कुनै पनि बैठक नचलेको अवस्थामा सूचनाद्वारा अन्त्यको जानकारी दिइन्छ । बैठक चलिरहेको अवस्थामा भने सदनबाट नै अधिवेशन अन्त्यको जानकारी दिने प्रचलन छ ।

तीन विधेयकमात्र पारित
चालू अविधेयक अधिवेशन पुस ४ गतेबाट प्रारम्भ भएको हो । प्रारभ्मसँगै राष्ट्रियसभा नियमित कार्यसूचीमा प्रवेश गरे पनि सभामुख चयनको विवादले प्रतिनिधिसभा माघ १४ गतेबाट मात्र नियमित कार्यसूचीमा प्रवेश ग¥यो । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवादका कारण एक महिना प्रतिनिधिसभा बन्धक बन्यो । चालू अधिवेशनले माघ १२ गते नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन ग¥यो ।

ताजा अपडेट

खोजी गर्नुहोस