माधब नेपालको अपिल : ‘आफ्नो स्वास्थका लागी अझै केहि दिन घरमै बस्नुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् । सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका छन् । उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् । उनले कामको सिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस