प्रधानमन्त्रीको सम्बोधनपछि नेकपाको सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत्र २५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बस्ने जनाइएको छ । सचिवालका एकजना सदस्यका अनुसार बैठकमा कोरोना नियन्त्रणमा सरकारले चालिरहेको कदमका विषय र पार्टीको भुमिकाका सन्दर्भमा छलफल हुने बताइएको छ ।

मुलुकमा कोरोना संक्रमण र यसको असरलाई रोकथाम गर्न पार्टीले सरकारलाई थप सुझाव दिनसक्ने बताइएको छ । सचिवालय बैठक अगाडी प्रधानमन्त्री केपि ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्बोधनमा विशेष राहात प्याकेजसहिकको निर्णय आउनसक्ने स्रोतले जनाएको छ ।

यतिबेला नेपाल पुर्ण रुपमा लकडाउनमा छ । लकडाउनपछि सरकारले आम नागरिकको आधारभुत आवश्यकता पुर्तिमा विशेष जोड दिएको बताएपनि उचित व्यवस्थापन गर्न नसकेको गुनासो पनि आइरहेका छन । नेपालमा अहिलेसम्म कोरोना संक्रमण ९ जनामा देखिएको छ । १ जना उपचारपछि निको भएर घर फर्किएका छन । अरु ८ जना आइसोलेशनमा उपचाररत रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस