चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुने बताएका छन् । लकडाउनको १५ औं दिन देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समुदाय संक्रमणको बढेकोले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् ।
उनले नेपालको सीमा नजिक आउनुभएका नेपालीहरुले भोग्नुपरेको अप्ठेरो पर्नुपरेको कुरालाई ध्यान दिँदै दुई हजार १४७ नेपालीहरुलाई भारत सरकारसँग कुरा गरेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।