प्रधानमन्त्रीको आग्रह-‘अब दुई साता धैर्य गरिदिनुहोस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुईसाता थप चुनौतिपूर्ण हुने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभएर समुदायमा फैलिने उच्च जोखिमको अवधि भएकाले चुनौतिपूर्ण हुने बताएका हुन् । उनले देशमा महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास केन्द्रित गरेको भन्दै यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास व्यक्त गरेका छन् ।

“यस परीक्षण मार्फत् सम्भावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भएरनभएको सुनिश्चित गरिनेछ ।” उनले सम्बोधनमा भनेका छन् । प्रधानमन्त्रीले समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको बताएका छन् ।

उनले अनिवार्य क्वारेन्टाइनमा बस्नकै लागि सरकारले लकडाउन गरेको भन्दै अहिलेसम्मको धैर्यतालाई धन्यवाद दिदै आगामी एकसाता पनि धैर्य गरिदिन आव्हान गरेका छन् ।प्रधानमन्त्रीले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस