प्रधानमन्त्री ओली र कुवेती समकक्षीबीच फोनवार्ता, यस्तो भयो कुराकानी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौं । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली र कुवेती समकक्षी सबाह अल(खालेद अल हमद अल सबाहबीच फोनवार्ता भएको छ । उक्त फोनवार्ताको क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत नेपालीको सुरक्षाको बारेमा चासो समेत व्यक्त गरेको जनाइएको छ ।

साथै कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत जनाएका छन् । प्रधानमन्त्री ओलीले कुवेतका प्रधानमन्त्रीसँग फोनवार्ता भएको ट्वीट मार्फत जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस