चैत्र २६,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराएका छन।
बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राखेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको सो बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“को संयुक्त अध्यक्षता गरेका थिए ।
अध्यक्षद्धयले बैठकमा प्रस्तुत सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिएका थिए ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।