चैत्र २६, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफुले सरकारी सेवाबाट प्राप्त गर्ने एक महिनाको तलब ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले नेपालमा समेत संक्रमणको जोखिम रहेको र त्यसलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको उक्त कोषमा आफ्नो प्रतिवद्धता अनुसार एक महिना बराबरको तलब रु ६४ हजार एक सय ४० रुपैंया कोरोना कोषमा जम्मा गरेका हुन् ।
विपद्को सारथी तथा सामाजिक कार्यलाई आफ्नो दैनिकी बनाई अघि बढ्नुभएका सांसद बस्नेतले सरकारले उक्त कोषको स्थापना गरे लगत्तै घोषणा गरेका सहयोग रकम मंगलवार प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी मार्फत उक्त कोषमा जम्मा गरेका हुन् । संसदीय दल मार्फत ५० प्रतिशत र पुनः आफ्नो तर्फबाट ५० प्रतिशत गरी एक महिनाको तलव उनले उक्त कोषमा सचिव विडारी मार्फत जम्मा गरेका हुन् । यो सँगै उहाँले नेपालकै सवैभन्दा पहिले घोषणा गरेका प्रतिवद्धता पुरा गरेका हुन् ।
उनले उक्त कोषमा सहयोग गर्ने नेपाल भरका सवै जनप्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, कर्मचारीलगायतलाई हौशला समेत प्रदान गर्नुभयो । उक्त हौशलाई मंगलवार उनले व्यवहारिकतामा रुपान्तरण गरे । उनकै हौशलाका कारण धेरै जनप्रतिनिधि, कर्मचारी, उद्योगी, समाजसेवीलगायतले सहकारलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा भौतिक, मानसिक, आर्थिक, विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु समेत दिन प्रतिदिन सहयोग प्राप्त भइरहेको छ ।
त्यस्तै सोही क्रममा भक्तपुरको कौशलटार स्थित क्षमादेवी कन्स्ट्रक्सनले समेत उक्त कोषमा ११ लाख ११ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको छ । त्यस्तै राधा मानब सेवा समितिले पनि १५ लाख सहयोग हस्तान्तरण गरेको छ ।