चैत्र २६, भक्तपुर । विश्वको महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संसार नै त्रासमा रहेको समयमा नेपालमा भने सरकारको उच्च सावधानीका कारण महामारिको रुप लिन भने सकेको छैन । तर विदेशबाट फर्किका मानिसका कारण भने संक्रमणले त्रास व्यापक मात्रामा फैलिएको छ । छिमेकी मुलुक भारतबाट फर्किएका तीन जना नेपालीमा कोरोना संक्रमण भएको आधिकारीक प्रमाणीत समेत भइसकेको छ । यसै सन्दर्भमा भक्तपुरमा पनि विदेशबाट फर्किआएका मानिसहरुबाट जनता त्रसित बनेका छन् ।
विदेशबाट आई सामाजिक सेवा गर्ने नाममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका स्थानीय नेताहरु विष्णुराज कार्कीले राहतको नाममा टोल टोलमा गई कोरोनाको त्रासलाई बढावा दिइएको तथ्य उनकै सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक भएको छ । उनी मार्च १५ को आसपासमा अस्ट्रेलिया तथा न्युजरल्याण्डको भ्रमणमा रहेको फोटोहरु आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनले मार्च २७ मा राहत वितरणको लागि गरिव तथा असाहायको साथ साथमा पुगेको र रहत वितरण गरेको तस्विरहरु उनको सामाजिक सञ्जालमा देख्न पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने कोरोना संक्रमणको प्रभावित देशबाट आएका उनले सरकारको नियमलाई उलंघन गर्दै समाजलाई कोरोनाको त्रासपूर्ण अवस्था सिर्जना गरेका छन् ।
केही समय अघि अष्ट्रेलियाबाट फर्कि आएका स्थानीय कांग्रेसका नेता कार्कीले क्वारेन्टाईनमा वस्नुपर्नेमा राहत बाढ्ने बहानामा टोल टोलमा पुगी कोरोनाको त्रास फैलाउने कार्य गरेको पुष्टी भएको छ । सरकारले विदेशबाट फर्कि आएका जो कोही पनि १४ दिनसम्म क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने वाध्यकारी व्यवस्था गरे पनि उनले उक्त नियमलाई तोड्दै भक्तपुरमा कोरोनाको त्रास फैलाएका छन् ।
सूर्यविनायक नगरपालिकाका वडा नं २ निवासी कार्की स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट प्रत्यसी उम्मेदवार समेत रहेका नेता कार्की विगत केही समय अघि अष्ट्रेलिया तथा न्युजरल्याण्डबाट नेपाल पर्किएका हुन । अस्ट्रेलियामा हालसम्म पाँच हजार नौ सय ८८ जना संक्रमित भएका छन् भने ४९ जनाको मृत्यु भइसकेको छ भने न्युजरल्याण्डमा १२ सय १० जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भइसकेको छन् । उक्त संक्रमित देशरुको भ्रमण गरी नेपाल फर्किएका नेता कार्कीको कारण भक्तपुरका जनाता कोरोनाको त्रासमा परेको छन् ।