प्रधानमन्त्री ओली र ओमानका राजकुमार सइदबीच कुराकानी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौं । प्रधानमन्त्री केपी ओली र ओमानका राजकुमार शैयद फहाद वीन महमुद अल सइदबीच टेलिफोन टेलिफोन वार्ता भएको छ । हिजो साँझ प्रधानमन्त्री ओली र शैयदबीच टेलिफोन वार्ता भएको हो ।

टेलिफोन वार्तामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रभाव र त्यहाँ रहेका नेपालीको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । कोराना महामारीका कारण नेपालीहरुको अवस्थाबारे राजकुमार अल सइदसँग जानकारी लिइएको र त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उनले आफुलाई निश्चिन्त पारेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस