चैत्र २७, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताए । सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर आएकासँगै अन्यको स्वास्थ्य जाँचको रणनीति बनाएर काम गरिरहेको उनले स्पष्ट पारेका छन् ।
सरकारले कोरोना महामारीको सङ्क्रमणलाई फैलिन नदिन हरसम्भव प्रयास गरिरहेको भन्दै उनले कोरोना महामारी विरुद्धको लडाइँमा नागरिकको महìवपूर्ण भूमिका रहने बताए ।