चैत्र २८,काठमाडौँ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीविच टेलिफोनमा कुराकानी भएको छ ।
शुक्रबार विहान भएको टेलिफोन कुराकानीमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका हुन। संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको पनि ओलीले जानकारी दिएका छन । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि धन्यवाद दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।