सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानूनमन्त्रीबीच छलफल, के-के कुराकानी भयो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरू र संघीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरू उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका थिए । उनीहरूले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका थिए । कानूनमन्त्री तुम्बाहाङफेलाई २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस