ओलीलाई डनिङ क्रुगर इफेक्ट जस्तो भयानक रोग लागेको बाबुराम भट्टराईको आरोप

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाण्डौ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठूलो रोग डनिङ क्रुगर इफेक्ट अर्थात अति जान्ने सुन्ने प्रबृत्ति (अजासु) रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा गरेको संबोधनप्रति लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीको संबोधन चलिरहँदा भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘प्रम ओलीको सबैभन्दा ठूलो रोग डनिङ क्रुगर इफेक्ट (अजासु प्रबृत्ति) नै देखियो ।’ नेपालमा कोरोनाभाइरसका कारण मरेका मानिस अन्य रोगका कारण मरेको भन्ने प्रधानमन्त्री ओलीको भनाइप्रति कटाक्ष गर्दै भट्टराईले लेखेका छन्, ‘कोरोनाले मरेका मानिस अन्य कारणले मरेका रे ! क्वारेन्टाइन बस्नेहरुको यत्रो बिजोक, परीक्षणको अभाव, विदेशबाट फर्कनेहरुको कन्तबिजोक जगजाहेर हुँदाहुँदै सबै ठीकठाक रे !’

ताजा अपडेट

खोजी गर्नुहोस