राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सो निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आयोगले निर्देशन दिएको हो ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि २० सदस्य रिक्त हुँदैछन्। तीमध्ये १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस