बेलकोटगढी उपप्रमुख दाहाल अडियो प्रकरण: एमालेले मुख खोल्यो,भ्रष्टाचारको कसुरमा कारबाही हुनपर्छ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० माघ ८, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

माघ ८,नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा उपप्रमुख शिव दाहालको अडियो प्रकरणले नयाँ मोड लिँदै गएको छ । ठेकेदारसंग कमिसन बार्गेनिङ गरेपछि दाहालको चौतर्फी विरोध भैरहेको छ । यसैबीच नगरपालिकामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मुख खोलेको छ । पार्टीको पालिका अध्यक्ष रुपा सापकोटाले अडियो जनताले जिताएको प्रतिनिधिको यस्तो किसिमको अडियो सार्वजनिक हुनु र्दुभाग्य भएको बताएकी छिन् । उनले अनलाइनकेन्द्रसंग कुराकानी गर्दै आफुहरुले यो विषयलाई नजिकबाट अध्ययन गरिरहेको छ छिट्टै ठोस कदम चाल्ने बताएकी छिन् ।

उनले गठबन्धनले निर्वाचनकै बेला महिलालाई उपेक्षा गरेको गुनासो गर्दै पुरुष उपमेयरको अडियो प्रकरणले आफु दुखी भएको बताइन् । उनले अडियोबाट प्रष्टै कमिसन मागेको बुझिने बताइन् । अध्यक्ष सापकोटाले परिवारको सदस्यको समस्याले आफु अस्पतालमा रहेको र सोमबार पार्टीले यही अडियो प्रकरणको विषयमा छलफल गर्न बैठक डाकेको समेत बताइन् । उनले भनिन्– म अस्पतालमा छु, उपमेयरको विषयमा छलफल गर्न नै हामीले बैठक डाकेको थियौँ, तर मेरै कारण सोमबारको बैठक स्थगित भएपनि छिट्टै अर्को बैठक बोलाउछौँ सापकोटाले पार्टीले उपप्रमुखको अडियो प्रकरणलाई हल्का रुपमा नलिएको र आवश्यक कदम चाल्ने समेत बताइन् ।

उनले उपप्रमुखसंग कुनै किसिमको नाता नरहेकोले भ्रष्टाचारको सवालमा नजिक वा टाढा जोसुकै भएपनि कारबाही हुनुपर्ने बताइन् । उनले कसुर अनुसार कारबाही गर्न एमालेले आवश्यक तयारीसमेत गरेको उनले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस