गैरकानुनी रुपमा सुरक्षा गार्डमा भर्ना गर्ने भन्दै केटिएम मेनपावरको ठगीधन्दा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • ६८ पटक पढिएको
गैरकानुनी रुपमा सुरक्षा गार्डमा भर्ना गर्ने भन्दै केटिएम मेनपावरको ठगीधन्दा

फागुन ७,काठमाडौँ । गैर कानुनी रुपमा कतार प्रहरीमा जागिर लगाईदिने भन्दै केटिएम इन्टरनेशनल प्रा.लि.ले ठगी धन्दा चलाएको छ । नेपाल सरकारबाट कतार प्रहरीमा भर्ना गर्न स्विकृत नलिई घुमाउरो बाटोबाट कतार प्रहरीमा भर्ना गरिदिने भन्दै मेनपावर कम्पनीले रकम असुली गरिरहेको छ । सुरक्षा गार्डको स्विकृती लिई कतार प्रहरीमा नै हो भन्दै एउटै व्यक्तिसँग १३ लाख असुली गरिएको छ । केटिएम मेनपावर कम्पनीले सुरक्षा गार्डमा कामदार छनौटका लागि नेपाल सरकार बैदेशिक रोजगार विभागको मिलोमतोमा मिति २०८० माघ १९ गते पूर्व स्विकृती प्राप्त गरेको भनि केही राष्ट्रिय दैनिकहरुमा विज्ञापन प्रकाशि तगरिएको छ । कतार पु¥याएर कतार प्रहरीमा नै जागिर सुनिश्चित गराउने भन्दै ५०० युवा–युवतीबाट प्रतिव्यक्ति १३ लाखको दरले रु.६,५०,०००,००० (पैसठ्ठी करोड) रकम उठाएको विशेष श्रोतले जानकारी दिएको छ ।

कतारको मिनिस्ट्री अफ इन्टेरिएर (कतारको गृह मन्त्रालय) मा सिधै भर्ना गर्न कानुनी मान्यता नभएपछि सुरक्षा गार्डको रुपमा कामदार छनौट गरी कतार पु¥याएर कतार प्रहरीमा जागिर पाउने प्रलोभनमा युवाहरु केटिएम मेनपावरबाट ठगिएका छन् । यो चलखेलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग र कतारस्थीत नेपाली दुतावासको समेत संलग्नता रहेको श्रोतको दावी छ । विगतमा पनि कतार प्रहरीमा जागिर लगाउने भन्दै अलताक्वेत मेन पावर कम्पनीले २०७८ भाद्र १३ गते सरकारबाट पूर्व स्विकृत लिई ठगिधन्दा चलाएको थियो । तर मेनपावर कम्पनीले ठगि गरेको पोल खुलेपछि अन्तिममा बैदेशिक रोजगार विभागले अलताक्वेत मेनपावरलाई कारवाही गरेको थियो ।

नेपाल सरकारको नियमअनुसार नेपालबाट मेनपावर कम्पनीले जुन कम्पनी र जुन क्षेत्रको लागि जनशक्ति लैजाने हो सोहि अनुरुप कतार पुगेपछी काम गर्नुपर्दछ । कतार पु¥याएर काम परिवर्तन गर्नूलाई गैरकानुनी मानिन्छ । पत्रिकामा प्रकाशित विज्ञापनअनुुसार आगामी फागुण ९ देखि १३ सम्म हायात रेजेन्सी तारागाँउ, बौद्घमा अन्तवार्ताको मिति तय गरिसकिएको बताइएको छ । केटिएम इन्टरनेशनल प्रा.लिले गरेको यस्तो हर्कतमा मन्त्रालय र बैदेशिक रोजगार विभाग मौन रहनु भनेको यसबाट प्राप्त हुने लाभको अंशियार बनाईएको श्रोतले दाबी गरेको छ । इजराइल र प्लालेष्टाईन द्वन्दले मध्यपूर्वमा अशान्त भईरहेको अहिलेको अवस्थाका नेपालीहरुलाई कतारमार्फत प्लालेष्टाईनमा प्रयोग गरीने आशंका उत्पन्न भएको छ । नेपालीहरुले रसिया र युक्रेनमा भोग्न परेको स्थितिलाई गम्भिरतापूर्वक विश्लेषण गरी पराराष्ट्र मन्त्रालयले कतारको राजदुतलाई स्पष्टिकरण माग्न जरुरी रहेको जानकारहरु बताउछन् । यो विषयमा छलफल गर्न खोज्दा कम्पनीसंग कुनै सम्पर्क हुन सकेन् ।

ताजा अपडेट

खोजी गर्नुहोस