अब नेपालका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • ३१ पटक पढिएको
अब नेपालका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने

फागुन ७,काठमाडौँ । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म्याद सकेपछि नवीकरण गर्नुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस