काठमाण्डौ लगायत केही ठाउँमा हल्का वर्षा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० फागुन १०, बिहिबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

फागुन १०,काठमाडौँ । काठमाण्डौ लगायत लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौको त्रिभुवन विमानस्थल वरपर हल्का पानी परेको छ ।

त्यस्तै गण्डकी तथा लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशको गोरखा तथा कास्कीमा मेघ गर्जन सहित हल्का वर्षा भएको छ । यस्तै लुम्बिनी प्रदेशको पाल्पामा पनि हल्का वर्षा भएको छ ।

यस्तै अन्य प्रदेशमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागमा भने आज राति हल्का वर्षाको सम्भावना रहेको छ । साथै आज देशभर नै बदली रहेको पनि महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस