नेपालमा जलविद्युत् र पर्यटनमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
नेपालमा जलविद्युत् र पर्यटनमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

फागुन २,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।

यूएईको दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वर्ल्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरूलाई यसबाट लाभ लिन आग्रह गरेका हुन् ।

उनले नेपाल सरकारले देशमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सम्मेलनमा राखेको महासङ्घले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आउँदो वैशाखको १६ र १७ गते लगानी सम्मेलन गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस